एमाले रामेछापले जिल्ला कमिटी सदस्य आङ छिरिङ लामालाई पार्टी सदस्यबाटै हटायो

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २८ २०८१
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापले पार्टीको जिल्ला कमिटी सदस्य आङ छिरिङ लामालाई पार्टीको सदस्यबाटै हटाएको छ । एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले सोमबार निलम्बन पत्र सार्वजनिक गर्दे लामालाई पार्टी सदस्य र जिल्ला कमिटी सदस्यको जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी सहित पार्टीको कुनै पनि गतिविधिमा संलग्न नगराउन मातहतका कमिटीहरूलाई निर्देशन समेत दिनुभएको छ । निलम्बन पत्रमा लामालाई के कति कारणले पार्टी सदस्य र जिल्ला कमिटी सदस्यको जिम्मेवारीबाट निलम्बन गरिएको हो भन्ने बारे केही खुलाइएको छैन । लामाको निलम्बन पत्रमा ‘नेकपा (एमाले) रामेछाप जिल्ला कमिटी सदस्य आङ छिरिङ लामालाई पार्टी सदस्य र जिल्ला कमिटी सदस्यको जिम्मेवारीबाट निलम्बन गरिएको छ । पार्टीको कुनै पनि गतिविधिमा संलग्न नगराउनु हुन मातहत कमिटीलाई निर्देशन गरिन्छ’, भनिएको छ