राष्ट्रवादी र विकासवादी पार्टी भनेको एमाले मात्रै हो : कैलाश ढुङ्गेल

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २७ २०८१
  • तामाकोशी

रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले विकासवादी र राष्ट्रवादी पार्टी नेकपा एमाले मात्रै भएको बताउनुभएको छ । आइतबार नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटीको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । जनताको सुख दुखमा साथ दिँदै जनताकै लाग काम गर्ने पार्टी भएकै कारण नेकपा एमाले प्रति आम जनताको ठुलो विश्वास र भरोसा रहेको उहाँको भनाई छ । नेकपा एमाले मुलुकको सबै क्षेत्रको विकास गरी सुखी नेपाली बनाउने किताब भएकाले यो किताब अध्ययन गर्न अन्य राजनीतिक पार्टीहरूलाई पनि उहाँले आग्रह गर्नुभयो । यो मुलुकमा प्रतिभा नै प्रतिभाको धनी पार्टी नेकपा एमाले मात्रै भएको उहाँले बताउनुभयो । बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका अध्यक्ष ढुङ्गेलले आफू मन्त्री हुँदा रामेछापमा व्यापक रूपमा विकासका गतिविधिहरू सञ्चालन भएको बताउनुभयो ।