एमाले दोरम्बा शैलुङ गाउँपालिका कमिटीको अध्यक्षमा देउबहादुर थापामगर चयन

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २७ २०८१
  • तामाकोशी

रामेछाप । नेकपा एमाले दोरम्बा शैलुङ गाउँपालिका कमिटीको अध्यक्षमा देउबहादुर थापामगर चयन हुनुभएको छ । शनिवार भएको गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले थापामगरको नेतृत्वमा नयाँ दोरम्बा शैलुङ गाउँपालिका कमिटी चयन गरेको हो । अधिवेशनले गाउँ पालिका कमिटीको उपाध्यक्षमा टङ्क सापकोटा, सचिवमा नारायण श्रेष्ठ, उप-सचिवमा कर्णबहादुर तामाङ र गङ्गा श्रेष्ठलाई चयन गरेको छ ।