एमाले सुनापति गाउँपालिका कमिटीको अध्यक्षमा रोज बहादुर ग्यापक चयन

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २७ २०८१
  • तामाकोशी

रामेछाप । नेकपा एमाले सुनापति गाउँपालिका कमिटीको अध्यक्षमा रोज बहादुर ग्यापक चयन हुनुभएको छ । शनिवार भएको सुनापति गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले ग्यापकको नेतृत्वमा नयाँ सुनापति गाउँपालिका कमिटी चयन गरेको हो । अधिवेशनले गाउँ पालिका कमिटीको उपाध्यक्षमा अमिर लामा, सचिवमा केशर मान लामा, उप-सचिवमा मिलन के.सी र कमला लामालाई चयन गरेको छ ।