रामेछाप । नेकपा एमाले रामेछापका नेता रत्न गौतमले जनताको सुख दुःखमा साथ दिने पार्टी एमाले मात्रै भएको बताउनुभएको छ । शनिवार नेकपा एमाले दोरम्बा शैलुङ गाउँपालिका कमिटीको दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता गौतमले यस्तो बताउनुभएको हो । राजनीतिक, सैद्धान्तिक लगायत सबै कुरामा अन्य पार्टी भन्दा एमाले पार्टी सशक्त रहेको उहाँले बताउनुभयो । हरेक जनताको सुख दुःखमा साथ दिन पार्टी एमाले मात्रै भएकाले सबै ठाउँलाई एमालेमय बनाउन पार्टीभित्रका झिना मसिना कुराहरूलाई छाडेर सबै एकजुट हुन आवश्यक रहेको उहाँको भनाइ छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन गठबन्धनका कारण झिनो मतले दोरम्बा शैलुङ गाउँपालिको नेतृत्व गर्न एमाले चुकेको भए पनि २०८४ सालको स्थानीय निर्वाचनमा विगतका कमीकमजोरीलाई समेत सुधारेर एमालेको झन्डा फहराउँदै दोरम्बा शैलुङ गाउँपालिकामा एमालेले नेतृत्व गर्ने उहाँको भनाइ । नेपाली जनताको सुख दुःखलाई बुझेर मुलुकलाई समाजवाद उन्मुख अर्थतन्त्रमा लैजान एमालेले नेतृत्व गर्ने नेता गौतमको भनाइ छ ।
जनताको सुख दुःखमा साथ दिने पार्टी एमाले मात्रै हो : नेता रत्न गौतम
- प्रकाशित मिति: शनिबार, जेष्ठ २६ २०८१
- तामाकोशी