रामेछापमा एमालेले सबै पालिकाको अधिवेशन जेठ महिना भित्रै सक्ने(कुन पालिकामा कहिले)

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ २५ २०८१
  • तामाकोशी

रामेछाप । यहि जेठ महिना भित्रै सबै पालिकाको अधिवेशन सम्पन्न गर्ने कार्य नीति अनुसार नेकपा एमाले रामेछापले अहिले पालिका अधिवेशनलाई तीव्रता दिएको छ । जेठ महिना भित्रै जिल्लामा रहेका दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकामा पार्टीको अधिवेशन सक्ने गरी अधिवेशन मिति तोकिएको र सोही अनुसार अधिवेशन भइरहेको एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले बताउनुभयो । उहाँका अनुसार मन्थली नगरपालिका र लिखुतामाकोशी गाउँपालिकाको जेठ २५ गते शुक्रवार अधिवेशन हुँदै छ । त्यसै गरी गोकुलगंगा,  दोरम्वा शैलुङ र सुनापती गाउँपालिकाको जेठ २६ गते शनिवार अधिवेशन हुँदै छ । यस्तै खाँडादेवी गाउँपालिका जेठ २७ गते आइतबार र रामेछाप नगरपालिकामा जेठ ३२ गते शुक्रवार अधिवेशन हुँदै छ । उमाकुण्ड गाउँपालिकाको अधिवेशन सम्पन्न भई एमालेको नयाँ नेतृत्व चयन भइसकेको छ ।