बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण समितिको सभापतिमा आनन्द श्रेष्ठ

  • प्रकाशित मिति: सोमबार, जेष्ठ ७ २०८१
  • तामाकोशी

रामेछाप । बागमती प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिको सभापतिमा आनन्द कुमार श्रेष्ठ चयन हुनु भएको छ । सोमबार प्रदेश सभाको बैठकमा उहाँ सभापतिमा चयन हुनु भएको हो । उक्त समितिको सभापतिका लागि हिजो आइतबार मनोनयन भएको थियो । सोमबार निर्वाचन प्रक्रिया पूरा भएसँगै प्रदेश सभा सदस्य श्रेष्ठ सभापतिमा निर्वाचित हुनु भएको हो ।उहाँ नेकपा एमाले रामेछाप जिल्ला कमिटीका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।