खाँडादेवी गाउँपालिकामा च्याउ, ड्रागन र एभोकाडो प्रवर्द्धन कार्यक्रम सञ्चालन हुँदै

  • प्रकाशित मिति: शुक्रबार, बैशाख १४ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा च्याउ खेती, फलफूल अन्तरगत ड्रागन र एभोकाडो प्रवर्द्धन कार्यक्रम सञ्चालन हुने भएको छ । खाँडादेवी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँ विकास केन्द्रको सहज करणमा सञ्चालित “कृषि तथा पशु उद्यमशीलता विकास कार्यक्रम” मार्फत यो कार्यक्रम सञ्चालन हुन लागेको हो । च्याउ खेती, फलफूल अन्तरगत ड्रागन र एभोकाडो प्रवर्द्धन कार्यक्रम खाँडादेवी गाउँपालिका भरी नै सञ्चालन गर्न लागिएको गाउँ विकास केन्द्रकी अध्यक्ष मखमली श्रेष्ठले बताउनुभयो । पाँच÷पाँच लाख रुपैयाँको बजेटको च्याउ र फलफूल अन्तरगत ड्रागन अनि एभोकाडो प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि वैशाख १२ गते नै प्रस्ताव आव्हान गरिसकिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रमका लागि योग्य इच्छुक कृषक समूह परियोजनाले गठन गरेका कृषक समूहहरूले तोकिएको समयभित्र खाँडादेवी गाउँपालिका भित्र रहेको परियोजना कार्यान्वयन शाखामा सम्पर्क गर्न सक्ने उहाँले आग्रह गर्नुभयो ।