रामेछापका जुनार किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण

  • प्रकाशित मिति: बिहिबार, चैत्र २९ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको रामेछाप नगरपालिकाका जुनार कृषकलाई अनुदानमा कृषि यन्त्रका सामाग्रीहरू वितरण गरिएको छ । नगरपालिकाको जुनार जोन क्षेत्रभित्र पर्ने विभिन्न वडाका जुनार उत्पादक कृषकहरूलाई ५० प्रतिशत अनुदानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले कृषि यन्त्रका सामाग्रीहरू वितरण गरेको हो । परियोजनाले बुधवार एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरू वितरण गरेको हो । जुनार कृषकहरूलाई ६६ थान मिनी टेलर (हाते ट्याक्टर), १२५ थान सिकेचर, २४ थान डिजिटल तराजु, ९१ थान स्प्रेयर वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले बताउनुभयो । जुनारको उत्पादन वृद्धि गरी किसानहरूको आय आर्जन बढाउने अपेक्षा सहित जुनार जोन क्षेत्रका जुनार कृषकहरूलाई कृषि यन्त्रका सामाग्रीहरू प्रदान गरिएको उहाँले बताउनुभयो । रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपानेले यस्ता कृषि यन्त्रले रामेछाप नगरपालिकाका जुनार कृषकहरू लाई अमिलो जातका फलफूलहरू उत्पादन र बिक्री वितरणका लागि सहयोग पुग्ने बताउनुभयो ।