बागमतीका मुख्यमन्त्री शालिकराम जम्म्कट्टेललाई १५ महिनामा तेश्रो पटक विश्वासको मत प्राप्त

  • प्रकाशित मिति: सोमबार, चैत्र १९ २०८०
  • तामाकोशी

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्नो ६ जना मन्त्रीहरू बोलाएर सरकारलाइ दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिनुभएको हो । कूल ११० जना प्रदेशसभा सदस्य रहेको बागमतीमा जम्कट्टेलको पक्षमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ तथा हाम्रो नेपाली पार्टिका १ जना गरी ५६ जनाले विश्वासको मत दिएका छन् । हाम्रो नेपाली पार्टिको सरिता खड्गी भने बैठकमा अनुपस्थित रहनुभयो । जम्कट्टेलको विपक्षमा काङ्ग्रेसको ३७ मात्र मत परेको छ । राप्रपाको १२ जना प्रदेशसभा सदस्य तथा नेमकिपाका ३ जना गरि १५ जना प्रदेशसभा सदस्यले तटस्थमा मतदान गरेका छ्न् । २०७९ साल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले सोही वर्ष माघ ३ गते पहिलो पटक विश्वासको मत लिएका थिए भने एमालेले सरकार छाडेपछि पुन सोही वर्ष चैत्र १० गते पुनः दोश्रो पटक विश्वासको मत लिनुभएको थियो । सोमबार विश्वासको मत पाएसँगै उहाँले १५ महिनाको अवधिमा तेश्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।