नेकपा एस रामेछाप काठमाडौँ सम्पर्क मञ्चका पूर्व अध्यक्ष खत्री एमाले प्रवेश

  • प्रकाशित मिति: शनिबार, फाल्गुन २६ २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एकीकृत समाजवादी रामेछाप काठमाडौँ सम्पर्क मञ्चका पूर्व अध्यक्ष सुवासचन्द्र खत्री नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शनिवार नेकपा एमाले रामेछाप काठमाडौँ सम्पर्क मञ्चको १२ औँ सम्मेलनका अवसरमा आयोजित कार्यक्रममा खत्री मूल घरमा फर्किनुभएको हो । उहाँलाई नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमालेमा स्वागत गर्नुभएको छ । नेकपा एकीकृत समाजवादी परित्याग गरेर एमाले प्रवेश गर्नुभएको खत्रीले आफू सगौरव एमालेमा फर्किएको घोषणा गर्दै नेकपा एकीकृत समाजवादीमा रहेका व्यक्तिहरूलाई पनि एमालेमा समाहित हुन आह्वान गर्नुभएको छ ।