रामेछापको खाँडादेवी गाउँपालिका–४ कलचौडेमा अटो दुर्घटना हुँदा ३ जना घाइते

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन १० २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–४ कलचौडेमा अटो दुर्घटना हुँदा चालक सहित ३ जना घाइते भएका छन् । बिहीबार दिउँसो २ः३० बजेको समयमा खाँडादेवी गाउँपालिका–५ पकरबासबाट सदरमुकाम मन्थली आउँदै गरेको प्र २–०४–००१ ह ००६९ नम्बरको अटो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा अटो चालक मन्थली नगरपालिका–८ चिसापानी ३० वर्षीय जयराम माझी, खाँडादेवी गाउँपालिका–४ का २४ वर्षीय बाबुराम माझी र ७० वर्षीय लक्ष्मण माझी घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीले बताउनुभयो । घाइतेमध्ये चालकको कम्मर भन्दा मुनि चोट लागेको र अवस्था अलि गम्भीर रहेको उहाँले बताउनुभयो । अटो अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीको भनाइ छ ।