वाग्मती प्रदेशसभा बैठक बोलाउन एमालेको माग

  • प्रकाशित मिति: शुक्रबार, माघ २६ २०८०
  • तामाकोशी

हेटौंडा । नेकपा एमालेले बागमती प्रदेशको प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । चार बहिनाबाट स्थगित रहेको बैठक नबोलाउँदा प्रदेशको जनसरोकारको विषय उठान नभएको भन्दै एमाले बागमती प्रदेश संसदीय दलले बैठक बोलाउन माग गरेको हो ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले तत्काल प्रदेशसभा बैठक बोलाएर संसदीय समितिमा रिक्त पदाधिकारी चयनको माग गर्नुभएको हो । गत असोज २२ गते दुईवटा विधेयक पास गरेपछि स्थगित भएको प्रदेश सभाको बैठक चार महिना पूरा भइसक्दा पनि बस्न नसकेपछि एमालेले पत्रकार सम्मेलन गरेर बैठक आह्वानको अनुरोध सरकारलाई गर्नुपरेको नेता थपलियाले बताउनुभयो । हिउँद सकिन लाग्यो तर प्रदेश सरकारले हिउँदे अधिवेशन आह्वानको निणर्य गर्न किन चाहने भन्दै उनले प्रश्न समेत गर्नुभयो । प्रदेशसभाले पहिलो कार्याकालमा ४३ वटा मूल ऐन बनाएको तर दोश्रो कार्यकालको प्रदेशसभाको अहिलेको उदेकलाग्दो अवस्था देख्दा पहिलो कार्यकाल भन्दा एक तिहाई पनि काम नहुने अवस्था आएको भन्दै सरकारले जनसरोकारको विषयको गहन छलफल हुने प्रदेशसभालाई बेकाम बनाउन खोजेको उहाँको आरोप थियो । प्रदेशसभाले हालसम्म ४६ वटा ऐन मात्र बनाउन सकेको र अझैपनि सयौँ ऐनहरु बनाउन बाँकी रहेको अवस्थामा सरकारले सदन बोलाउन चासो नदेखाउनु संघियता कार्यन्वयनको लागि सरकार उदाशिन रहेको देखिएको उहाँको भनाई रहेको छ ।