दोस्रो मन्थली नगर कपः सम्पुर्ण तयारी पुरा (भिडियोसहित)

  • प्रकाशित मिति: मंगलबार, माघ २३ २०८०
  • तामाकोशी

रामेछाप । मन्थली नगरपालिका स्तरीय दोस्रो नगर कप भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक मन्थली नगर विकास समितिका अध्यक्ष गोपाल बहादुर माझिले मंगलबार प्रत्रकार सम्मेलन गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराउनुभयो ।
उहाँका अनुसार मन्थली नगरपालिका भित्रका १४ वडाहरुको १४ टिमहरुविच प्रतियोगितामा प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको विजेता टिमले नगद एक लाख सहित ट्रफि, शिल्ड, मेडल, प्रमाणपत्र पाउनेछन् । यसैगरी दोस्रो हुने टिमले नगद ७५ हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र, तृतिय हुनेले नगद ५० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र र सान्त्वना हुनेले नगद ३० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगितामा जम्मा २६ वटा खेलहरु हुनेछन् भने क्वाटरफाइनलसम्मका खेलहरु बेष्टअफ थ्रि तथा बाँकी खेलहरु बेष्टअफ फाइपमा हुनेछन् । प्रतियोगिताको उद्घाटन २४ गते विहान ८ बजे नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने आयोजक नगर विकास समितिका अध्यक्ष माझिले जानकारी गराउनुभयो ।
                                                                                          बाँकी भिडियोबाट……