कलाकार कल्याणरत्न कार्कीकाे ‘व्यवहार बिग्रेर’ सार्बजनिक (भिडियो सहित )

  • प्रकाशित मिति: सोमबार, माघ २२ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापेली कलाकार कल्याण रत्न कार्किको नयाँ लोक गीत ‘व्यवहार बिग्रेर’ सार्बजनिक भएको छ । लेनदेनको कारोबारबाट बिग्रिएपछि बैंक र सहकारी धाउनुपरेको र त्यहाँबाट पनि तनाव सिर्जना भएको विषय समेटिएको उक्त गीत भर्खर सार्बजनिक भएको हो ।

‘व्यवहार बिग्रेर’ गीतमा कल्याणरत्न कार्कीले शब्द तथा संगीत सिर्जना गरेका छन् भने गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन । गीतको संगीत संयोजन श्यामश्वेत रसाइलीले गरेका छन् भने म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोको छायाँकन राम केसी र सुनिल भण्डारीको रहेको छ भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।



भिडियोमा अनिता बस्नेत र कल्याणरत्न कार्कीले मुख्य भूमिका निर्वाह गरेका छन् । भिडियोलाई खाँडादेवी फिल्म्सबाट सार्वजनिक गरिएको हो । बाकी भिडियोबाट …..