रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको विशेष पत्रकारीता पुरस्कार २०८० पत्रकार लेख बहादुर वि.क.लाई प्रदान गरिएको छ । प्रेस चौतारी नेपाल रामेछाप कमिटीले हरेक वर्ष प्रदान गर्दै आइरहेको विशेष पत्रकारीता पुरस्कार यस वर्ष वि.क.लाई प्रदान गरिएको हो ।
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अबसरमा मन्थलीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले नगदसहित दोसल्ला ओडाइ वि.क.लाई सम्मान गरिएको हो ।
सम्मानित लेखबहादुर वि.क. विगत एक दशकभन्दा बढी समयदेखी रामेछाप केन्द्रित पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । राष्ट्रिय दलित पत्रकार संघ रामेछापका अध्यक्ष समेत रहनुभएका वि.क. रेडियो इनर्जि १०६.२ मेगाहर्जको प्राबिधिक प्रमुख समेत हुनुहुन्छ ।