रामेछापको खाँडादेवीमा राष्ट्रियस्तरका तेक्वान्दो प्रतियोगिता आजबाट सुरु (भिडियोसहित)

  • प्रकाशित मिति: शुक्रबार, माघ १९ २०८०
  • तामाकोशी

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकामा आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आईटीएफ प्रतियोगिता आजबाट सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ दुई दिनसम्म हुने प्रतियोगितामा तिन विभागिय सहित ११ टीमका खेलाडीले भाग लिएका छन् ।

प्रतियोगितामा देश भरका ४४ खेलाडीहरु महिलातर्फ ४७ देखि ५५ र पुरुष तर्फ ५० देखि ५७ केजी समूहका खेलाडीले प्रतिस्पर्धा गरिरहेका आयोजक संस्था नेपाल तेक्वान्दो आइटीएफ रामेछापका अध्यक्ष धनराज तामाङले जानकारी दिनुभयो ।



प्रतियोगितामा सातवटै प्रदेशका साथै विभागीय टिमहरू नेपाल आर्मी क्लब, एपीएफ क्लब तथा नेपाल पुलिक क्लब र आयोजक टिमका खेलाडीले भाग लिएका छन् । महिला र पुरुष दुवै तर्फ एउटा टिमबाट दुई दुई जना खेलाडीले भाग लिएका छन् । नेपाल तेक्वान्दो आइटीएफ रामेछापको आयोजना तथा खाँडादेवी गाउँपालिका र खाँडादेवी गाउँपालिकाको वडा नं ७ को सहआयोजनामा कार्यक्रम भएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष दुवै तर्फका खेलाडीले नगद ५० हजार, ४० हजार र ३० हजार रुपैँया प्राप्त गर्ने छन् । विजेता खेलाडीलाई सिल्ड, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने छ । प्रतियोगिता भोली सम्म संचालन हुनेछ । बाँकी भिडियोबाट……