रामेछाप । नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु ) मन्थली नगर कमिटीको अध्यक्षमा उत्सव खत्री चयन हुनुभएको छ । शनिवार मन्थलीमा भएको अनेरास्ववियु मन्थली नगर कमिटीको दोस्रो अधिवेशनले उत्सव खत्रीको नेतृत्वमा २५ सदस्यीय मन्थली नगर कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा अस्वीन खत्री र शसिकला अछामी चयन हुँदा सचिवमा नुनराज पुरी चयन हुनुभएको छ । त्यसैगरी सहसचिवमा रुपेश भण्डारी, डेक बहादुर खड्का, प्रविन वि.क र कोषाध्यक्ष अरुणा खड्का चयन हुनुभएको छ । अधिवेशन कमिटीका संयोजक सुर्जन खड्काको अध्यक्ष्यता, अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष धर्म गिरिको प्रमुख आतिथ्यता तथा नेकपा(एमाले) केन्द्रीय सदस्य एवम् संगठन बिभाग सचिब माधव ढुङ्गेल लगायतका नेताहरुको सहभागितामा अनेरास्ववियु मन्थली नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन भएको थियो ।
