रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले शिक्षामा गुणस्तर वृद्धि गरि शैक्षिक हबको रुपमा विकास गरिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममा “शैक्षिक वर्ष” समाबेश गरि पालिकालाइ शैक्षिक हबको रुपमा विकास गरिने निर्णय भएको हो ।
यसैअन्तर्गत पालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा डेबोडर्स तथा आवसीय व्यवस्था गरेको छ । डेबोडर्स कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई बिहानको खाना र दिउँसोको खाजा विद्यालयमै व्यवस्था गरिएको छ । विद्यालयमै खाना खाजासहितको व्यवस्था गरी बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन गरिदै आएको छ ।
खाँडादेवी गाउँपालिकामा रहेका ४७ वटा विद्यालयहरु मध्ये कक्षा ८ सम्म पढाइ हुने २० वटा र माध्यमिक तहका १२ वटा विद्यालय रहेका छन् । अहिले गाउँपालिका अन्तर्गतका सतप्रतिशत विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई विद्यालयमै खाना र खाजाको व्यवस्था गरिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
१० बजेदेखि ४ बजेसम्म पढाई सञ्चालन गर्दा बालबालिकाको पढाई गुणस्तरीय नभएको पालिका अध्यक्ष श्रेष्ठको भनाइ छ । १ देखि ३ सम्मलाई एक समूह तथा कक्षा ४ र ५ लाई छुट्टै समूह र कक्षा १ मुनिका बालबालिकालाई एउटा समूहमा राखेर जर्मन सरकार र गाउँपालिकाको ५० प्रतिशत आर्थिक साँझेदारीमा उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि संघिय सरकारबाट ८० लाख र बागमती प्रदेश सरकारबाट ९९ लाख रुपैयाँ सहित यो वर्ष समग्रमा करिब ५ करोड रुपैयाँ बजेट लगानी गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
आवासिय कार्यक्रमले विद्यार्थीको पठनपाठन समय ब्यबस्थापन, विद्यार्थीको नियमित उपस्थितिमा वृद्धि तथा पढाई स्तर सुधार भएको श्रीकृष्ण माविका प्रधानध्यापक कुलबहादुर कार्किले बताउनुभयो । उहाले कक्षा १० र कक्षा ८ का विद्यार्थीहरुलाइ विद्यालयमै आवासको समेत ब्यबस्था गरिएको बताउनुभयो । आवासको लागि छात्रा र छात्रको छुट्टाछुट्टै आवासिय ब्यबस्थापन विद्यालयलेनै गरेको प्र.अ. कार्किको भनाइ छ ।
विस्तृत विवरण भिडियोबाट ……