कलाकार नकुल गौतमको नयाँ गित “घुमौ रामेछाप” (भिडियो सहित)

  • प्रकाशित मिति: आइतबार, पुष २९ २०८०
  • तामाकोशी

मन्थली ।  आन्तरिक पर्यटन प्रबर्धनका निमित्त लोकप्रिय गायक तथा सर्जक नकुल गौतमले “घुमौ रामेछाप” बोलको गीत सार्बजनिक गर्नुभएको छ । गायक एवं सर्जक गौतमको आफनै जन्मथलो रामेछाप जिल्लाको एतिहासिक ठाउहरुको वर्णन गरेर लोकभाका  “घुमौ रामेछाप” गीत सार्बजनिक गर्नुभएको हो । गीतमा नकुल गौतम र पार्बति थापाको सुमधुर स्वर सुन्न सकिन्छ ।

नकुल गौतमको संगीत र कुमार कार्कीको शब्द द्वारा सजिएको गीतको भिडियोमा आयुष्मा कार्की, नबिन गौतम, कुमार कार्की र नकुल गौतमको आकर्षक अभिनय देख्न सकिन्छ ।



गीतको भिडियोलाई निर्देशन मिलन श्रेष्ठले निर्देशन गरेका हुन् भने कोरियोग्राफी राजाराम सिम्खडा, छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई मिलन फिल्म्स प्रडक्सन युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।