रामेछाप । रामेछाप नगरपालिका वडा नं. ६ का कृषक शेरबहादुर तामाङले १४ रोपनी क्षेत्रफलमा जुनार–सुन्तला खेती गर्नुभएको छ । अन्यन्त्र उत्पादन घटेको बेला तामाङको बगानमा भने लटरम्म फलेको छ ।
“गत वर्ष मैले साँढे तीन लाखको बेचेको थिए, यो वर्षचाहि तीन लाख पचहत्तर हजारमा एकमुष्ठ दिइसकेकोछु, पच्चीस हजारको चाहि व्यापारीले दिनुभन्दा अगाडीनै अगौटे जातको सुन्तला विक्रि गरे यो सवै जोड्दा चार लाखको आम्दानी गरेकोछु” तामाङले भन्नुभयो ।
वि.स. २०५५ सालमा तरकारी खेतीबाट सुरु गरेको व्यवसाय अहिले तरकारीले भन्दा सुन्तलाले प्रसस्त आम्दानी दिन थालेपछि विशुद्ध जुनार सुन्तला र नर्सरी खेती गरेको उहाँले बताउनु भयो । जिल्लामा सञ्चालित प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले पचास प्रतिशत अनुदानमा आधुनिक कृषि औचार, किठनाषक औषधी वितरणले पनि आफ्नो व्यवसाय सफलताको कारक बनेको तामाङ स्वीकार्नुहुन्छ ।
विगत ३५ वर्षदेखि जुनार खेतिमा संलग्न प्रेरणा नर्सरीका सञ्चालक धनबहादुर घिसिङले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुुदानमा कृषि औजार तथा तालिम प्राप्त गरेपछि जुनारको विकास तथा विस्तारमा ठुलो सारथी बनेको बताउनु भयो । लामोसमय देखि छिमेकी देश भारतमा ड्राइभिङ गरी फर्कनु भएका अर्का कृषक हिरालाल तामाङले घरपरिवार संगै बसेर जुनार कृषिबाट बार्षिक तीन देखि चार लाख सम्म आम्दानी गर्न सफल भएको उहाँको अनुभव छ । “पहिले ड्राइभिङ पेसाले घरखर्च मात्र जेनतेन चल्थ्यो अहिले आफ्नै गाउघरमा जुनार खेतिबाट राम्रो आम्दानी भएको छ, गत वर्ष मैले साढे तीनलाख बराबर आम्दानी गर्न सफल भए, यो वर्ष पनि दुई तीन लाखको व्यापार हुनेमा विश्वस्त छु” उहाँको भनाई छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेका अनुसार वार्षिक ४५ सय मेट्रिक टन भन्दा बढी अमिलो जातको फलफुल रामेछापबाट उत्पादन हुने गरेको र जसबाट बार्षिक २०/२२ करोड भन्दा बढीको कारोबार हुने गरेको बताउनु भयो । उहाँका अनुसार रामेछापमा परियोजनाको आफ्नो थप कार्यक्षेत्र विस्तार, कृषि प्रविधिहरु विस्तार र कृषि विमा गर्ने योजना विस्तार भएको छ । बाँकी भिडियोबाट…..