रामेछाप न.पा.७ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न (भिडियो सहित)

  • प्रकाशित मिति: आइतबार, पुष १५ २०८०
  • तामाकोशी

रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरको पहिलो चौमासिक प्रगति समिक्षासम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नागरिक सहभागितामा जिम्मेवार व्यक्तिहरुको जवाफदेहिता सम्बन्धी सार्वजनिक सुनुवाई वडा कार्यालय प्राङगणमा आइतवार सम्पन्न भएको हो ।
७ नम्बर वडा कार्यालयको आयोजनामा भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय विकास निर्माण तथा वडाबाट प्रदान गरिने सेवाको पारदर्शिता र जवाफदेहिता सम्बन्धी नागरिक र जनप्रतिनिधीहरु विच कडा सवालजवाफ भएको थियो । कार्यक्रममा स्थानिय नागरिकले राखेका प्रश्नहरुको जिम्मेवार व्यक्तिहरु नगरपालिकाका मेयर लवश्री न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत मित्रप्रसाद घिमिरे, वडाध्यक्ष समिर कार्कीले जवाफ दिएका थिए ।
आर्थिक वर्ष २०८०।८१ को पहिलो चौमासिक प्रगति के कति भयो ? भन्ने विषयमा सुक्ष्मरुपमा समिक्षा गरिएको थियो । बाँकी भिडियोबाट……..