एमाले बागमती प्रदेशले रामेछापको भूगोलमा काम गर्ने गरी इन्चार्जहरू तोक्यो

  • प्रकाशित मिति: बिहिबार, मंसिर २१ २०८०
  • तामाकोशी
रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटीले रामेछापको भूगोलमा काम गर्ने गरी इन्चार्जहरू तोकेको छ । प्रदेश कमिटीको बैठकले नवनिर्वाचित सदस्यहरूको जिम्मेवारी तोकेर जिल्लामा पठाएको छ ।
रामेछाप जिल्ला इन्चार्जको रूपमा प्रदेश कमिटीले पूर्व जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरेको छ । पौडेलले सङ्घीय निर्वाचन क्षेत्र इन्चार्जको भूमिका पाउनुभएको छ । प्रदेश १ को इन्चार्जको जिम्मेवारी उमाकुण्ड गाउँपालिका अध्यक्ष समेत रहेका शेरबहादुर सुनुवारले पाउनुभएको छ भने प्रदेश २ मा खाँडादेवीका निवर्तमान गाउँपालिका अध्यक्ष प्रेम तामाङ इन्चार्ज तोकिनुभएको छ । त्यस्तै, पालिका इन्चार्जमध्ये उमाकुण्डमा गङ्गा कार्की, लिखुमा दीपशिखा दाहाल,गोकुलगंगामा अर्जुन कार्की, मन्थलीमा माया कार्की, रामेछापमा गोपाल श्रेष्ठ, खाँडादेवी र सुनापतिमा ज्ञानकुमार श्रेष्ठ र दोरम्बाको इन्चार्जमा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ इन्चार्ज तोकिनुभएको छ ।