रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका किरण राना मगरको उपचारका लागि नेकपा एमाले नेता समाजसेवी रत्न गौतमले २० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । नेता गौतमले प्रदान गर्नुभएको सहयोग रकम अनेरास्ववियुका केन्द्रीय सदस्य तिलक घतानीले अस्पतालमा नै पुगेर बिरामीलाई हस्तान्तरण गर्नुभएको छ । बाथ रोगबाट थलिएपछि राना मगर काठमाडौँको केएमसी हस्पिटलमा उपचाररत हुनुहुन्छ । लामो समयदेखि उपचार गराइरहनुभएका रानाको आर्थिक अभावको कारण उपचारमा समस्या आएको छ । देश, विदेशबाट आर्थिक सहयोग जुटाएर उहाँको उपचार जारी रहेको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–६ लखनपुरका स्थायी बासिन्दा गौतमले रामेछापबाट उपचारको लागि काठमाडौँ गएर आर्थिक समस्यामा परेका बिरामीलाई निरन्तर रूपमा आर्थिक सहयोग गर्दै आउनुभएको छ ।
रामेछाप डडुवाका किरण राना मगरको उपचारका लागि एमाले नेता रत्न गौतमद्वारा सहयोग
- प्रकाशित मिति: शुक्रबार, कार्तिक २४ २०८०
- तामाकोशी