एमालेको मध्य पहाडी लोक मार्ग विशेष अभियान : रामेछाप र सिन्धुलीको संयुक्त बैठक सम्पन्न

  • प्रकाशित मिति: आइतबार, कार्तिक १९ २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछाप र सिन्धुलीको संयुक्त बैठक सिन्धुलीको खुर्काेटमा आइतबार सम्पन्न भएको छ । नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीको उपस्थितिमा सम्पन्न भएको दुई जिल्लाको संयुक्त बैठकमा मध्य पहाडी लोक मार्ग विशेष अभियानका बारेमा छलफल भएको छ । नेकपा(एमाले)ले आगामी मङ्सिरको दोस्रो हप्ताबाट मध्य पहाडी लोक मार्ग विशेष अभियान सञ्चालन गर्दै छ । सोही अभियानको तयारी तथा अभियान सफल बनाउनका लागि आवश्यक योजना तथा निर्णयहरू गर्न एमाले रामेछाप सिन्धुली जिल्लाको संयुक्त बैठक बसेको हो । संयुक्त बैठकमा एमालेका उप–महासचिव ज्ञवालीले मध्य पहाडी लोक मार्ग विशेष अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि आवश्यक तयारीमा लाग्न दुवै जिल्लाका पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । २०७३ एमालेले जसरी मेची महाकाली अभियान सुरु गरेको थियो। सोही अनुसार मध्य पहाडी लोक मार्गका साथै हुलाकी राजमार्गमा अभियान सञ्चालन गर्ने एमालेको तयारी छ । यो अभियानले युवाहरूलाई पार्टीको काममा सक्रिय बनाउने एमालेको विश्वास छ ।