रामेछाप । नेकपा एमालेको वाग्मती प्रदेश अधिवेशनमा रामेछापबाट पार्टी अध्यक्ष सहित १६ जना निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट वाग्मती प्रदेश अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । ढुङ्गेल मकवानपुरका कृष्णप्रसाद दाहाललाई पछि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । ढुङ्गेल खाँडादेवी–५ पकरबासका स्थानीय बासिन्दा हुनुहुन्छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रको दुईजनाबाट वाग्मती प्रदेशका पूर्वमन्त्री समेत रहनुभएका शान्तिप्रसाद पौडेल र खाँडादेवी गाउँपालिका पूर्वअध्यक्ष प्रेम तामाङ निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रको महिला गङ्गादेवी कार्की सर्वसम्मत हुनुभएको छ । भूगोलको खुल्ला तर्फ लव श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, शेरबहादुर सुनुवार, अर्जुन कार्की र गोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । निर्वाचित लब श्रेष्ठ मन्थली नगरपालिका प्रमुख हुनुहुन्छ भने ज्ञानकुमार खाँडादेवी गाउँपालिका र उमाकुण्ड गाउँपालिका अध्यक्ष हुनुहुन्छ । गोपाल श्रेष्ठ मन्थली नगरपालिका–८ का वडाध्यक्ष हुनुहुन्छ । त्यसै महिला तीन जनामा सिता खत्री, दीपशिखा दाहाल र मायाकुमारी कार्की निर्वाचित हुनुभएको छ । युवा तर्फ पर्शुराम बस्नेत निर्वाचित हुँदा उत्पीडित तर्फ घनश्याम सार्की सर्वसम्मत हुनुभएको छ । अल्पसङ्ख्यक महिलामा रामेछापकै हर्कमाया माझी सर्वाधिक मत ल्याइ निर्वाचित हुनुभएको छ । माझीले ७ सय ५ मत पाउनुभएको छ । लेखा आयोग अध्यक्षमा पनि रामेछापका श्यामकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
एमाले वाग्मती प्रदेश अधिवेशन : रामेछापबाट अध्यक्ष सहित १६ जना निर्वाचित
- प्रकाशित मिति: शनिबार, असोज १३ २०८०
- तामाकोशी