एमाले बागमती प्रदेश अध्यक्षका लागि रामेछापका ढुङ्गेल र मकवानपुरका दाहालको उम्मेदवारी

  • प्रकाशित मिति: बुधबार, असोज १० २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गर्नुभएको छ । ढुङ्गेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहनुभएको छ । ढुङ्गेलका प्रस्ताव श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुनुहुन्छ । त्यसै गरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहनुभएको छ । दाहालका प्रस्तावक लामा भीम फेदी गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।