अनेरास्ववियु रामेछापको अध्यक्षमा पुष्कर भट्टराई चयन

  • प्रकाशित मिति: शनिबार, भाद्र ३० २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामेछापको अध्यक्षमा पुष्कर भट्टराई चयन हुनु भएको छ ।

शुक्रवार र शनिवार सदरमुकाम मन्थलीमा भएको प्रथम अखिल महोत्सव तथा १३ औँ जिल्ला अधिवेशनले भट्टराईको अध्यक्षतामा सर्वसम्मत रूपमा (अनेरास्ववियु) रामेछापको नयाँ नेतृत्व चयन गरेको हो । नयाँ नेतृत्वको उपाध्यक्षमा निशान श्रेष्ठ, रिया मगर र गोपाल थोकर चयन हुनुभएको छ ।



त्यसै गरी सचिवमा युवराज सुनुवार, सह–सचिवमा मुकेश भण्डारी, किरण कार्की र सुशील थापा चयन हुनुभएको छ । यस्तै कोषाध्यक्षमा प्रकाश गौतम र कार्यालय सचिवमा विक्रम खड्का चयन हुनुभएको छ । शुक्रवार नै सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने प्रयास भए पनि सहमति हुन सकेन । शुक्रवार अबेरसम्म सहमति जुट्न नसकेपछि शनिवार नयाँ नेतृत्व घोषणा गरिएको हो । (अनेरास्ववियु) रामेछापको अध्यक्ष पदमा यसअघिका रामेछाप जिल्ला संयोजक मदन खड्का, सह–संयोजक हिमाल बोहरा र सचिव एवं अहिलेका अध्यक्ष पुष्कर भट्टराईको दाबी थियो ।