सिन्धुलीमा बहुला कुकुरको आतंक

  • प्रकाशित मिति: बुधबार, भाद्र २० २०८०
  • तामाकोशी

सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा बहुला कुकुरले आतंक मच्चाएको छ । दूधौली नगरपालिकाको वडा नंबर ३ मा बहुला कुकुरले अहिलेसम्म सात जनालाई टोकिसकेको छ भने केही चौपायलाई पनि बहुला कुकुरले टोकेको जनाइएको छ । सेतो रंगको बहुला कुकुरले मान्छे र चौपायलाई जथाभावी टोकेर आतंक मच्चाएको स्थानीयले बताएका छन् । घाइतेहरुको सिन्धुली अस्पताल तथा स्थानीय दुधौली नगरपालिकामा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । बहुला कुकुरलाई नियन्त्रण लिन प्रहरी परिचालन गरिएको तर, कुकुर जंगलतिर पसेकाले फेला नपरेको जनाइएको छ ।