एमाले सङ्गठन विभाग सचिवमा रामेछापका माधव ढुङ्गेल मनोनीत

  • प्रकाशित मिति: मंगलबार, साउन ३० २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एमालेको सङ्गठन विभागको सचिवमा माधव ढुङ्गेल मनोनीत भएका छन् । सोमबार बसेको सचिवालय बैठकले अनेरास्ववियुका पूर्व अध्यक्ष ढुङ्गेललाई सङ्गठन विभागको सचिवमा मनोनीत गरेको गर्ने निर्णय गरेको हो । ढुङ्गेल राष्ट्रिय युवा परिषदमा दुई कार्यकाल उपाध्यक्ष समेत बनिसक्नु भएको छ । विद्यार्थी फाँटको इन्चार्जसमेत सम्हालिसकेका उहाँ नवौँ महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।