मन्थलीको जि.एस होटेलबाट खसेर काठमाडौंका महर्जन गम्भीर घाइते

  • प्रकाशित मिति: शुक्रबार, साउन २६ २०८०
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थली स्थित जि.एस होटेलको तीन तला माथिबाट खसेर एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान २ बजेतिर जिएस् होटेलको तीन तलाबाट खसेर काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं १२ का ५० वर्षका गोविन्द दास महर्जन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइते महर्जन चौधरी ग्रुप मार्फत मार्केटिङ गर्ने बि.ए.बि १८७९ नं.को इलेकट्रोनिक्स इको भ्यानका चालक हुन् । होटेलको तीन तलाबाट खसेर घाइते भएको महर्जनलाई मन्थली स्थित सामुदायिक अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि धुलिखेल अस्पताल पठाएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार महर्जनको कम्मर, बायाँ हातको कुहिनो,बायाँ तिघ्रा र चिउँडोमा गम्भीर चोट लागेको छ ।