रामेछापमा एक वर्षमा ५१ जनाले गरे आत्महत्या, सचेतनामूलक कार्यक्रम प्रभाव विहीन

  • प्रकाशित मिति: शुक्रबार, साउन १२ २०८०
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्लामा आत्महत्याका घटना अत्यधिक मात्रामा बढेको छ । गत आर्थिक वर्ष २०७९÷०८० को एक वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता भएका १८८ वटा घटनामा ५१ वटा घटना आत्महत्याका छन् । गत आर्थिक वर्ष रामेछापमा ४३ जनाले झुन्डिएर र ८ जनाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो ।

गत आर्थिक वर्ष रामेछापमा ४३ जनाले झुन्डिएर र ८ जनाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयमा शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायव उपरीक्षक पराजुलीले यस्तो जानकारी गराउनुभएको हो । ‘जिल्लामा सबै भन्दा चिन्ताको विषय आत्महत्याको घटना बनेको छ, यस्ता घटना हुन नदिनका लागि प्रहरी, स्थानीय सरकारले सञ्चालन गरेको सचेतनामूलक कार्यक्रमको पनि प्रभाव राखेन’, उहाँले भन्नुभयो ।



जिल्ला प्रहरी कार्यालयमा शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायव उपरीक्षक पराजुलीले यस्तो जानकारी गराउनुभएको हो । ‘जिल्लामा सबै भन्दा चिन्ताको विषय आत्महत्याको घटना बनेको छ, यस्ता घटना हुन नदिनका लागि प्रहरी, स्थानीय सरकारले सञ्चालन गरेको सचेतनामूलक कार्यक्रमको पनि प्रभाव राखेन’, उहाँले भन्नुभयो । उहाँका अनुसार रामेछापमा यस अघिको आर्थिक वर्ष २०७८÷०७९ २६ जनाले झुन्डिएर र १४ जनाले विष सेवन गरी जम्मा ४३ जनाले आत्महत्या गरेका थिए । रामेछापमा गत एक रामेछापमा भवितव्य ज्यानका ३७, अभद्र व्यवहार कसुरका २६, फुटकर ज्यान १५, जबरजस्ती करणीका १२, सवारी ज्यान ५, लिखित सम्बन्धी कसुर ५, ज्यान मार्ने उद्योगका ४, कर्तव्य ज्यानका ४ र जबरजस्ती करणी उद्योगका ३ वटा घटना भएका छन् प्रहरी नायव उपरीक्षक पराजुलीले भन्नुभयो । उहाँका अनुसार यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा भवितव्य ज्यानका ३६, अभद्र व्यवहार कसुरका २९, फुटकर ज्यानका ११, जबरजस्ती करणीका १७, सवारी ज्यानका ४, लिखित सम्बन्धी कसुरका २, ज्यान मार्ने उद्योगका ७, कर्तव्य ज्यान १ र जबरजस्ती करणी उद्योगका ५ वटा घटना भएका थिए ।
विभिन्न अपराधमा संलग्न भएको आरोपमा यो वर्ष १३८ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र अझै १७ जना आरोपी फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक पराजुलीले बताउनुभयो । उहाँका अनुसार गत वर्ष विभिन्न अपराध कसुरमा अदालतबाट फैसला भई कैद सजाय तोकिएका ४३ जना फरार प्रतिवादीलाई पक्राउन गरी अदालतलाई बुझाएको र यसबाट २९ वर्ष १० महिना कैद सजाय , २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा यस्ता ३० जना अभियुक्तहरू परेका थिए । नागरिक स्तरमा चेतना बढेका कारण गत आर्थिक वर्षमा जातीय छुवाछुत, बोक्सीको जस्ता सामाजिक अपराधका घटनाहरू भने एउटा पनि नहुन राम्रो कुरा भएको रामेछाप प्रहरी प्रमुख पराजुलीको भनाइ छ ।