रामेछाप । रामेछापको मन्थली नगरपालिकाको गौरवको आयोजना तीनलाल पर्यटकीय पार्क निर्माण सम्पन्न भएको छ । २०७८ मङ्सिर महिना बाटै सञ्चालन हुनुपर्ने उक्त पार्क समयमै निर्माण नहुँदा एक वर्ष ७ महिना ढिलो सञ्चालनमा आएको हो ।
मन्थली नगरपालिका पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्लीबहादुर अधिकारीले कूल १७ रोपनी जमिनमा फैलिएको सो पार्कमा दुई तले प्रशासनिक भवन, ४०८ जना क्षमताको सभा हल, महिला,पुरुष बच्चा सहितको तीन वटा स्विमिङ पुल, ७५ देखि एक सय जना क्षमताको चेन्जिङ्ग रुम तथा स्नान कक्ष समेत रहेको बताउनुभयो । उहाँका अनुसार यो पार्कमा क्याफ्टेरिया भवन चमेना गृह, टिकट घर तथा शौचालय र बगैँचा पनि बनाइएको छ ।
१५ महिनामा निर्माण सम्पन्न गर्ने गरी स्विमिङ पुलसहितको तीनलाल स्मृति पर्यटकीय पार्कको २०७७ भदौबाट पाँच पोखरी सुवेदी जेभी चाबहिलले निर्माण सुरु गरेको थियो । नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल जन्मिएको जिल्ला रामेछापमा उहाँहरूको स्मृतिमा मन्थली नगरपालिका–१ गडवारिमा तीनलाल पार्क निर्माण गरिएको हो । मन्थली नगरपालिकाको चार करोड रुपियाँ र सङ्घीय सरकारले दुई करोड ८८ लाख रुपियाँ लगानीमा निर्माण सम्पन्न भएको पार्कको बिहीबार मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले उद्घाटन गर्नुभएको छ । नगरपालिकाले आयोजना गरेको तीनलाल पर्यटकीय पार्क हस्तान्तरण तथा समुद्घाटन कार्यक्रममा निर्माणको जिम्मा पाएको पाँच पोखरी सुवेदी जेभीले पार्कको साँचो मन्थली नगरपालिका प्रमुख श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।
मन्थली नगरपालिका पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्लीबहादुर अधिकारीले कूल १७ रोपनी जमिनमा फैलिएको सो पार्कमा दुई तले प्रशासनिक भवन, ४०८ जना क्षमताको सभा हल, महिला,पुरुष बच्चा सहितको तीन वटा स्विमिङ पुल, ७५ देखि एक सय जना क्षमताको चेन्जिङ्ग रुम तथा स्नान कक्ष समेत रहेको बताउनुभयो । उहाँका अनुसार यो पार्कमा क्याफ्टेरिया भवन चमेना गृह, टिकट घर तथा शौचालय र बगैँचा पनि बनाइएको छ । ‘मन्थली नगरपालिकाको गौरवको आयोजना तीनलाल पर्यटकीय पार्क निर्माण सम्पन्न भएको छ, अब यो पार्क मन्थली नगरपालिकाले व्यवसायीक प्रयोजनमा लगाउँछ, त्यसका लागि नगरले टेन्डर आह्वान गर्छ’, उहाँले भन्नुभयो । पार्क निर्माणको लागि १० करोड रुपैयाँ बजेट स्वीकृत भएको थियो । तर पाँच पोखरी सुवेदी जेभी चाबहिलले ६ करोड ८८ लाख २२ हजार ३ सय ७ रुपैयाँमा कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । खासै घुमफिर गर्ने पर्याप्त ठाउँ नभएको रामेछापको सदरमुकाम मन्थलीमा बनेको तीनलाल पार्क एउटा राम्रो घुम्ने थलो बन्न सक्ने स्थानीय रामप्रसाद देवकोटा बताउनुहुन्छ । ‘खासै घुमफिर गर्ने, रमाउने ठाउँ नभएको मन्थलीमा तीनलाल पर्यटकीय पार्क बनेको छ, अब यसलाई व्यवस्थित रूपमा नगरपालिकाले सञ्चालन गर्न सके घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकहरू वृद्धि हुन्छ’, उहाँले भन्नुभयो ।


????????????????????????????????????