खाँडादेवीमा दलित तथा अल्पसङ्ख्यकका लागि कानुनी सचेतना मूलक कार्यक्रम

  • प्रकाशित मिति: आइतबार, असार २४ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा दलित तथा अल्पसङ्ख्यक सशक्तिकरण तथा कानुनी सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । खाँडादेवी गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम सञ्चालन भएको हो । खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको अध्यक्षता र रामेछाप जिल्लाका न्यायाधीश इन्दिरा शर्माको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा ७५ जना दलित र अल्पसङ्ख्यक हरुकोे सहभागिता रहेको थियो । कार्यक्रममा खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ, वडा अध्यक्षहरू लगायतको पनि सहभागिता रहेको थियो । असार २२ र २३ गते दुई दिन सञ्चालन भएको उत्त कार्यक्रममा अधिवत्ताहरु प्रकाश नेपाली र रोजी विसुङकेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा कानुनी रूपमा जातीय विभेद के हो? जातीय विभेद गर्दा के कस्ता सजाय हरू हुन्छ, अहिलेको अल्पसङ्ख्यकको अवस्था लगायतका बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रम जिल्ला न्यायाधीश इन्दिरा शर्माले जातिय विभेद अपराध भएकाले जातीय विभेद जोकोहीले गरेमा कानुन अनुसार हदै सम्मको कारबाही हुने बताउनुभयो । शिक्षा र चेतनाको कमीले गर्दा समाजमा छुवाछुतका घटना बढेको उहाँको भनाइ छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले दलित र अल्पसङ्ख्यकलाई आफूले पहिलो प्राथमिकतामा राखेर यी समुदायको विकासका लागि काम गरिरहेको बताउनुभयो । समाजमा हुने जातीय छुवाछुतलाई अन्त्य गर्न शिक्षा र चेतना चाहिने भएकाले अब खाँडादेवी गाउँपालिकाले दलित र थामी जातीहरूको लागी आवास सहितको शिक्षाको व्यवस्था गर्ने उहाँको भनाइ छ ।