रामेछाप । रामेछापको मन्थली नगरपालिका स्तरीय स्लो बाइक रेसिङ प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं ११ का अनीश थापा मगरले जितेका छन् । प्रतियोगीमा सहभागी ५६ जना प्रतियोगीलाई पछि पार्दै पहिलो बनेका थापा मगरले १० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । त्यसै गरी प्रतियोगितामा दोस्रो भएका मन्थली नगरपालिका वडा नं ३ का अनीश केसीले नगद ७ हजार रुपैयाँ हात पार्दा मन्थली नगरपालिका वडा नं ६ का सन्तोष श्रेष्ठले तेस्रो हुँदै ५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । नेपाल खेलकुद महासङ्घ मन्थली नगर कमिटीले आयोजना गरेको स्लो बाइक रेस प्रतियोगिता नेपाल खेलकुद महासङ्घका केन्द्रीय कोषाध्यक्ष उज्ज्वल सुवेदीको प्रमुख आतिथ्ययतामा शुभारम्भ भएको थियो । प्रतियोगितामा मन्थली नगरपालिकाका विभिन्न वडाका ५७ जना प्रतियोगीले सहभागिता जनाएका थिए ।
