रामेछाप । एमाले रामेछापले मन्थली नगरपालिकाका १५ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनीत गरेको । एमाले रामेछापले जिल्लाकै सबै भन्दा ठुलो पालिका १४ वटा वडा रहेको मन्थली नगरपालिकाको विभिन्न वडाका १५ जनालाई
जिल्ला कमिटी सदस्यमा मनोनीत गरेको नेकपा एमाले मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरेले बताउनुभयो । उहाँका अनुसार मन्थली नगरपालिकाको वडा नं १ बाट सजन श्रेष्ठ (राजकुमार), वडा नं २ बाट प्रमीला न्यौपाने सुवेदी, वडा नं ५ बाट मनोज कार्की र शिव श्रेष्ठ, वडा नं ६ बाट शङ्कर बहादुर थापा र गोपाल माझी जिल्ला कमिटी सदस्यमा मनोनीत हुनुभएको छ । त्यसै गरी वडा नं ८ बाट राजकुमार श्रेष्ठ, वडा नं ९ बाट रमेश गेस्माली मगर र भिमराज आरण, वडा नं १० बाट डम्बरबहादुर बोहरा, वडा नं ११ बाट शम्भु अधिकारी, वडा नं १२ बाट लवहरि बुढाथोकी र ध्रुव बुढाथोकी, वडा नं १३ बाट राजेन्द्र चौहान एमाले रामेछापको जिल्ला कमिटी सदस्यमा मनोनीत हुनुभएको छ । यसैबिच गत स्थानीय तह निर्वाचनमा विभिन्न कारणले कारबाहीमा परेका मन्थली नगरपालिका वडा नं १३ का एमाले नेताहरूको वडा कमिटीको सिफारिस अनुसार कारबाही फुकुवा गरिएको एमाले मन्थली नगर कमिटीका अध्यक्ष घिमिरेले बताउनुभयो ।