रामेछाप नगरपालिकामा सुविधा सम्पन्न कभर्डहल बन्यो, मन्थलीमा अलपत्र

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २० २०८०
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा सुविधा सम्पन्न कभर्डहल निर्माण भएको छ । कभर्डहल निर्माण भएसँगै रामेछाप नगरपालिकामा रहेका खेलाडीहरूलाई अभ्यास लगायतका खेलकुदका अन्य गतिविधिहरू सञ्चालन गर्न सहज भएको छ ।

वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको ६ करोड, ५७ लाख, ९२ हजार, ८८० रुपियाँ ५३ पैसा लागतमा सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई, काभ्रेपलान्चोक मार्फत कभर्डहल निर्माणको ठेक्का लागेको थियो । सबै स्टकचर निर्माण गरिसकेको निर्माण कम्पनीले नेपालमै अहिलेसम्म प्रयोगमा नआएको रिमोटबाट चल्ने अटोमेटिक चियरको राख्न नसक्दा कभर्डहल अलपत्र बनेको हो । निर्माण कम्पनीले यही रिमोटबाट चल्ने एक हजार १८० वटा कुर्ची (अटोमेटिक चियर) राख्न नसक्दा कभर्डहल अलपत्र बनेको मन्थली नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुरेन्द्र कार्कीले बताउनुभयो ।



रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कार्यालय नजिकै साढे चार करोड रुपैयाँ बढी लगानीमा सुविधा सम्पन्न कभर्डहल निर्माण गरिएको हो । एक सय नौ फिट लम्बाइ र ८६ फिट चौडाइ भएको कभर्डहल भित्र भलिबल मैदान,जिम कक्ष, अतिथि स्टेज र दर्शक सिट लगायत रहेको नगरपालिकाका इन्जिनियर प्रवीण गिरिले बताउनुभयो । ‘नगरपालिकाको वडा नं ७ सुकारजोरमा सुविधा सम्पन्न कभर्डहल बनेको छ, अब नगरपालिकालाई खेलकुद सम्बन्धी गतिविधि सञ्चालन गर्न सहज हुन्छ’, उहाँले भन्नुभयो । सङ्घीय सरकार र रामेछाप नगरपालिकाको साझेदारीमा चार करोड ५३ लाख ६५ हजार ४३३ रुपैयाँ लगानीमा सुनकोशी कन्स्ट्रक्सनले कभर्डहल निर्माण गरेको इन्जिनियर गिरिले बताउनुभयो । नगरपालिकामा सुविधा सम्पन्न कभर्डहल बन्नु नगर बासीका लागि खुसीको कुरा भएको रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष समीर कार्कीले बताउनुभयो । ‘नगरपालिकाको ठुलो प्रयासपछि नगर र सङ्घीय सरकारको लगानी साझेदारीमा कभर्डहल बनेको छ, अब नगरले हरेक खेलकुदका प्रतियोगिताहरू यही गर्छ’, उहाँले भन्नुभयो ।
मन्थलीमा बहुउद्देश्यीय कभर्डहल अलपत्र
रामेछाप नगरपालिकामा सुविधा सम्पन्न कभर्डहल बने पनि जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा भने बहुउद्देश्यीय कभर्डहल अलपत्र अवस्थामा छ । मन्थली नगरपालिका–२ स्थित भुत्त्याहा खोला किनारमा तीन वर्ष अघि निर्माण सुरु भएको कभर्डहलको झन्डै ८० प्रतिशत काम सम्पन्न गरेपछि काम रोकेको छ । जसका कारण कभर्डहल अलपत्र बनेको छ । यो कभर्डहलको १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सुनकोसी–गिरी जेभी काठमाडौँले २०७७ असारबाट काम सुरु गरेको थियो । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको ६ करोड, ५७ लाख, ९२ हजार, ८८० रुपियाँ ५३ पैसा लागतमा सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई, काभ्रेपलान्चोक मार्फत कभर्डहल निर्माणको ठेक्का लागेको थियो । सबै स्टकचर निर्माण गरिसकेको निर्माण कम्पनीले नेपालमै अहिलेसम्म प्रयोगमा नआएको रिमोटबाट चल्ने अटोमेटिक चियरको राख्न नसक्दा कभर्डहल अलपत्र बनेको हो । निर्माण कम्पनीले यही रिमोटबाट चल्ने एक हजार १८० वटा कुर्ची (अटोमेटिक चियर) राख्न नसक्दा कभर्डहल अलपत्र बनेको मन्थली नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुरेन्द्र कार्कीले बताउनुभयो ।‘तीन वर्ष अघि काम सुरु भएको कभर्डहल अलपत्र बनेको छ, समयमै काम सम्पन्न गर्ने कुरामा निर्माण कम्पनी र ठेक्का लगाउने कार्यालय दुवै गम्भीर देखिएन, काम रोकिएको पनि एक वर्ष बढी समय भइसक्यो’, उहाँले भन्नुभयो ।सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई, काभ्रेपलान्चोक भने पटक पटक म्याद थपिएकाले यही जेठ मसान्त भन्दापछि एक दिन पनि म्याद थप गर्न नसकिने बताउँदै आएको छ । निर्माण कम्पनीले सम्झौता अनुसार २०८० जेठ मसान्तसम्म निर्माण सम्पन्न नगरे निर्माण कम्पनीलाई कालो सूचिमा राख्ने प्रक्रिया लाग्ने सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाईको तयारी छ ।