धोबी । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष भेटघाट र कोसेली कार्यक्रम सञ्चालन गरिएको छ । उपाध्यक्ष दिपा पाख्रिनले गाउँपालिकाको विभिन्न वडामा पुगेर सुत्केरी महिलाहरुसँग भेटघाट र पोषणयुक्त खानेकुरा वितरणको गर्नुभएको छ।सुत्केरी र शिशुको स्वाथ्यलाई ध्यानमा राखेर गाउँपालिकाले सुत्केरीसँग भेटघाट र कोसेली कार्यक्रम अघि बढाएको हो ।
