भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री चयन

  • प्रकाशित मिति: आइतबार, चैत्र २६ २०७९
  • तामाकोशी

रामेछाप । नेपाल पूर्व प्रहरी संगठन रामेछापको नयाँ कार्यसमिति चयन भएको छ । शनिवार मन्थलीमा सम्पन्न संगठनको चौथो जिल्ला अधिवेशनले कुमार खत्रीको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संगठनको प्रथम उपाध्यक्षमा राम बहादुर वरुवाल, द्वितिय उपाध्यक्षमा अर्जुन वहादुर खड्का, सचिबमा केशर बहादुर श्रेष्ठ, सह सचिवमा क्षेत्र बहादुर बुढाथोकी, कोषाध्यक्षमा ढाकल थापा, सह -कोषाध्यक्षमा यादव कुमार खड्का रहेका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः सूर्य नेपाली, रत्न थापा, कृष्ण बहादुर रानामगर, हेम बहादुर बरुवाल, पदम बहादुर श्रेष्ठ, मनमान नेपाली, भूपाल थापा, रामजी केसी, सिताराम खड्का लगाएतका रहेका छन् । बिधान अनुसार क्षेत्रगत र समावेशिताका आधारमा ५ जना सदस्यहरु भने पछि मनोनित गर्ने नव निर्वाचित अध्यक्ष खत्रीले बताए ।



संगठनका निवर्तमान अध्यक्ष शरद लामाको अध्यक्षता एवं रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीको प्रमुख आतिथ्यतामा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक पराजुलीले भूतपुर्व प्रहरीहरुले प्रहरी सेवामा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै उनीहरुको थप बृत्ति विकास, हक अधिकार र सुबिधाको लागि पनि संगठनको आबश्यकता पर्ने बताए । कार्यक्रममा जिल्ला भरीका १ सय भन्दा बढी भुपु प्रहरीहरुको सहभागिता रहेको थियो ।