एमाले रामेछापको मिसन ग्रासरुट : मन्थली नगरपालिका–१३ र खाँडादेवी गाउँपालिका–३ मा भेला र प्रशिक्षण

  • प्रकाशित मिति: बिहिबार, चैत्र २३ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमालेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण एवम् विस्तार अभियान) अन्तर्गत बिहीबार नगरपालिका तथा गाउँपालिकाको विभिन्न वडामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अभियान अन्तर्गत बिहीबार मन्थली नगरपालिका–१३ फुलासीमा वडा भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । फुलासी वडा कमिटीका अध्यक्ष जहान सिंह अधिकारीको अध्यक्षता र एमाले केन्द्रीय सदस्य कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि दाहाल, पार्टी केन्द्रीय सदस्य निरु दर्लामी कुवर, प्रदेश कमिटी सदस्यहरू रत्न गौतम, कमल कडरिया, जिल्ला कमिटी उप–सचिव द्धोय प्रकाशकुमार कार्की, होतराज ढकाल, मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरे लगायतले प्रशिक्षणात्मक भनाइहरू राम्नुभएको अनेरास्ववियु रामेछापका सचिव पुष्कर भट्टराईले जानकारी दिनुभयो ।
ग्रासरुट अभियान अन्तर्गत बिहीबार खाँडादेवी गाउँपालिकाको वडा नं ३ भिरपानीमा पनि भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भिरपानी वडा कमिटीका अध्यक्ष मीनबहादुर कार्कीको अध्यक्षता र एमाले केन्द्रीय सदस्य कपिलदेव पोखरेलको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि पोखरेल, वाग्मती प्रदेश कमिटी सदस्य ज्ञानकुमार श्रेष्ठ, एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ , खाँडादेवी पालिका कमिटी अध्यक्ष पुष्कर कार्की लगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो ।