रामेछापको मन्थलीमा तीनदिनसम्म बागमती साँस्कृतिक सम्मेलन हुने

  • प्रकाशित मिति: शनिबार, चैत्र ११ २०७९
  • तामाकोशी

मन्थली । रामेछापको सदरमुकाम मन्थलीमा बागमती प्रदेश स्तरीय साँस्कृतिक सम्मेलन हुने भएको छ । राष्ट्रिय जनसाँस्कृतिक महाँसघ नेपाल, बागमती प्रदेश समितिका अध्यक्ष होमराज श्रेष्ठका अनुसार रामेछापको सदरमुकाम मन्थलीमा यहि चैत १२, १३ र १४ गते तीनदिनसम्म प्रदेश स्तरीय बृहत साँस्कृतिक सम्मेलन हुने भएको हो  । राष्ट्रिय जनसाँस्कृतिक महाँसघ नेपाल, बागमती प्रदेश समितिको आयोजनामा रहेको उक्त साँस्कृतिक सम्मेलनमा फरक दिन फरक प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रमको पहिलो दिन स्थलगत भ्रमण तथा माझी झाँकीको अबलोकन रहनेछन् भने दोस्रो दिन पुष्पलाल जन्मस्थान रामेछापको भंगेरीमा कार्यक्रमको उद्घाटन तथा कार्यपत्र प्रस्तुत, साधना सत्र र सिर्जनात्मक प्रस्तुति, साँस्कृतिक प्रस्ततिहरु रहने आयोजकले जनाएका छन् । यसैगरी कार्यक्रमको अन्तिम दिन सामुहिक अन्तरक्रिया, स्थानीय प्रतिभा प्रदर्शन तथा समापन सत्र रहने छन् ।



तीनदिनसम्म सञ्चालन हुने सम्मेलनमा बागमती प्रदेशभरी १३ जिल्लाका विभिन्न विद्याका ख्यातिप्राप्त कलाकार, चित्रकार, नाट्यकार तथा साहित्यकारहरुको बृहत उपस्थिति रहने आयोजकले जानकारी दिएका छन् ।