रामेछाप । राष्ट्रिय युवा सङ्घ नेपाल रामेछाप जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्र कार्की चयन हुनुभएको छ । मङ्गलवार सदरमुकाम मन्थलीमा सम्पन्न भएको युवा सङ्घको सातौँ अधिवेशनले कार्कीको नेतृत्वमा ४७ सदस्यीय नयाँ जिल्ला कमिटी बनाएको हो । अधिवेशनले युवा सङ्घको उपाध्यक्षमा मनिता सुनुवार, सचिवमा शिव सागर मगरलाई चयन गरेको छ । त्यसै गरी सहसचिवमा रामहरि कार्की र बलराम थापा मगर चयन हुँदा कोषाध्यक्षमा दीपक भण्डारी चयन हुनुभएको छ । सोमबार राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष एवं एमाले केन्द्रीय सदस्य किरण पौडेलले राष्ट्रिय युवा सङ्घ नेपाल रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य पौडेलले राष्ट्रिय युवा सङ्घ नेपाललाई हरेक युवाको आकर्षणको थलो बनाउनु पर्ने तथा रहर लाग्दो र भरलाग्दो सङ्गठनको हिसाबले अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको थियो । सङ्गठनका सदस्यहरूले पदको महिमा थाहा पाएर गरिमा जोगाउनुपर्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय युवा सङ्घ नेपाल रामेछापको अध्यक्षमा सुरेन्द्र कार्की
- प्रकाशित मिति: मंगलबार, चैत्र ७ २०७९
- तामाकोशी