मन्थली । रामेछाप उद्योग बाणिज्य संघको आसन्न निर्वाचनलाई लक्षित गरेर नविन थापा मगर प्यानलले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । यहि फाल्गुन २७ गते हुने निर्वाचनलाई लक्षित गरेर आइतबार मन्थलीमा पत्रकार सम्मेलन मार्फत २५ बुदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
अध्यक्षका उम्मेदवार नविन थापा मगरले सार्वजनिक गर्नुभएको उक्त प्रतिवद्धता पत्रमा व्यवसायीहरुले बैंकमा तिर्दै आएको चर्काे व्याजदरलाई घटाउन बैंक तथा वित्तिय संस्थासंग समन्वय गरी व्यवसाय मैत्री बनाउन आवश्यक महल गरिने देखि उत्कृष्ठ उत्पादक र व्यवसायीको पहिचान गरी उनीहरुलाई हौसला प्रदान गर्न सम्मान तथा पुरस्कृत गरिनेसम्मको २५ बुदे प्रतिवद्धताहरु उल्लेख गरेका छन् ।
थापा मगरको प्यानलमा नेपाली कांग्रेस, माओवादी, नेकपा एस आवद्ध व्यवसायीहरु छन् भने नवराज ढुंगेलको प्यानलमा नेकपा एमाले आवद्ध व्यवसायीहरु चुनावी मैदानमा उत्रेका छन् । यसै अबसरमा अर्का अध्यक्षका उम्मेदवार केशवप्रसाद घिमिरेले थापा मगरको समुहलाई सर्मथन गरेर आइतबार उम्मेदवारी फिर्ता लिएका छन् ।
महासंघको बिधानले अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरुः बाणिज्य र उद्योग गरी १/ १ महासचिब १, सचिब १, कोषाध्यक्ष १, रहने ब्यवस्था छ भने महिला सदस्य १ जना, आजिवन सदस्य १ जना, र खुल्ला सदस्य ५ जना कुल १४ जना निर्वाचित हुने प्रावधान रहेको छ ।
बिधानमा निवर्तमान अध्यक्ष पदेन सदस्य हुने, ब्यवस्था छ भने नव निर्वाचिन समितिले १ जना महिला सदस्य र १ जना बिशिष्ट सदस्य पछि मनोनित गर्ने ब्यवस्था रहेको छ ।