रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले पर्यटन प्रवर्धनका लागि जातीय पहिचानका विभिन्न पार्क निर्माणका काम सुरु गरेको छ । गाउँपालिमा रहेका विभिन्न ११ भन्दा बढी जात जातिको पहिचान हुने गरी पार्क र धार्मिक स्थल निर्माणको काम सुरु गरिएको गाउँपालिका अध्यक्ष ठुलो कान्छा तमाङले बताउनुभयो । सोही अनुरूप वडा नं ३ र ४ को सिमानामा डम्फु पार्क निर्माण गरिएको छ । जातीय पहिचान झल्काउने गरी सो पार्क निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष गीता विष्टले जानकारी दिनुभयो । जातीय पहिचान झल्कने गरी विभिन्न स्थानमा काम भइरहेको उहाँले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनको लागि टुना र डम्फु सहितको पार्क निर्माण गरिएको ३ नं वडाका अध्यक्ष कुलबहादुर थिङले बताउनुभयो । अझै सो स्थानमा केही पूर्वाधार निर्माण गर्न जरुरी सहेको उहाँले बताउनुभयो । पार्क निर्माणको लागि १६ लाख रुपैँया खर्च भएको उपभोक्ता समितिका अध्यक्ष धनसिं तामाङले जनकारी दिनुभयो । सामाजिक सञ्जालमा ८० लाख रुपैँयाको पार्क भन्दै गलत प्रचार भइरहेको भन्दै उहाँले दुःख प्रकट गर्नुभयो ।
पर्यटन प्रवर्धनका लागि सुनापति गाउँपालिकामा डम्फु पार्क
- प्रकाशित मिति: आइतबार, फाल्गुन १४ २०७९
- तामाकोशी