रामेछाप । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकाको विभिन्न वडाहरुमा बैदेशिक रोजगारीमा गएकाको परिवारको सचेतनाका लागि समुह गठन गरिएको छ । गाउँपालिकामा सञ्चालित सामी रोजगार प्रबर्द्धन कार्यक्रम अन्तरगत बैदेशिक रोजगारीमा गएकाका परिवारलाई समेटेर समुह निर्माण गरिएको हो । कार्यक्रम अन्तर्गत शनिबार वडा नं १ डडुवाको बालुवामा १७ जना सदस्य रहेको समूह गठन गरिएको छ । सुमहमा वैदेशिक रोजगारको कारणले आर्जित मनोसामाजिक समस्याहरु, वैदेशिक रोजगारबाट प्राप्त बिप्रेषणको सहि सदुपयोग र अनुउत्पादक क्षेत्रमा भन्दा उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने विषयमा आवश्यक परामर्श दिइने सामीका मनोसामाजिक परामर्शकर्ता नोर्बु योन्जनले बताउनुभयो । सकेसम्म स्वदेशमै रोजगारी गरौ यदि वैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना र सीप सिकेर मात्र जाऔँ भन्ने नारा सहित दोरम्बा शैलुङ गाउँपालिकामा सामी रोजगार प्रबर्द्धन कार्यक्रम सञ्चालनमा छ । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित र ब्यबस्थित बनाउने उदेश्यले दोरम्बा शैलुङ गाउँपालिकामा बिगत ३ वर्षदेखि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनमा छ ।
वैदेशिक रोजगारमा गएकाको परिवारलाई मनोपरामर्श दिन समुह गठन
- प्रकाशित मिति: शनिबार, फाल्गुन १३ २०७९
- तामाकोशी