रामेछाप । रामेछापको शैलुङ्गमा बौद्ध स्तुपा तथा छोर्तेन निर्माण गरिएको छ । २०७१ सालबाट निर्माण सुरु गरिएको स्तुपाको निर्माण कार्य आठ वर्षपछि पूरा भएको हो । स्तुपामा फागुन १५ गतेदेखि १७ गतेसम्म छेवाङ (पूजा) कार्यक्रम गर्न लागिएको स्थानीय दावासंबु शेर्पाले जानकारी दिनुभयो । २०७१ सालबाट निर्माण सुरु गरिएको बौद्ध स्तुपा एवं छोर्तेन निर्माणमा शैलुङ्ग पेगेरी गुम्बा प्रमुख सोनम लामाले महत्त्वपूर्ण योगदान गर्नुभएको शेर्पाले बताउनुभयो । शैलुङ रिगसुम गोन्पा सेवा समाजको योजना अनुसार स्तुपा र छोर्तेन निर्माण गरिएको हो । शैलुङ्ग क्षेत्रमा धार्मिक पर्यटन प्रवर्धन लक्ष्य अनुरूप शैलुङ्ग डाँडामा ५५ फिटको उक्त बौद्ध छोर्तेन निर्माण भएको हो । स्थानीय निकाय, स्थानीय समुदाय एवं चन्द दाताहरूको आर्थिक सहयोगमा छोर्तेन निर्माण भएको हो । छोर्तेन निर्माणको योजना निर्माणमा टुल्कु लोसाङ नामगेल रेन्पोछेले विशेष भूमिका निर्वाह गर्नुभएको थियो । छेवाङ कार्यक्रम प्रमुख अतिथि प्राचीन बौद्ध ङिङ्मा सम्प्रादायका शरण नायक क्याब्जे सेचेन रेन्पोछेको अतिथ्यता र टुल्कु लोसाङ नामगेल रेन्पोछेको विशेष आतिथ्ययतामा हुने आयोजकले जनाएको छ ।
रामेछापको शैलुङ्गमा बौद्ध स्तुपा तथा छोर्तेन निर्माण
- प्रकाशित मिति: बुधबार, फाल्गुन १० २०७९
- तामाकोशी