शिरिसे । दशौ जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रामेछापको लिखुतामाकोशी गाउपालिकामा सुरु भएको छ ।
खेलकुद बिकास समिति रामेछापको आयोजनामा रहेको दशौ जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखुखोला किनार सैपु फेदिमा आजबाट सुरु भएको हो ।
संघीय साम्सद पुर्ण बहादुर तामाङ (कान्छाराम) र प्रदेेेश साम्सद आनन्द श्रेष्ठले उद्घाटन गर्नुभएको उक्त प्रतियोगितामा जिल्लाका आठ स्थानीय तहका १८ वर्षमुनिका विद्यार्थी भाइबहिनीहरुले विभिन्न बिििधामा प्रतिस्पर्धा गर्नेेेछन् ।

