अनेरास्ववियुको केन्द्रीय कमिटी सचिव सहित रामेछापबाट ७ जना निर्वाचित

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन ५ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय कमिटीमा रामेछापबाट पदाधिकारीसहित ७ जना निर्वाचित भएका छन् । अनेरास्ववियुको महाधिवेशन अन्तर्गत बिहीबार भएको मतदानबाट रामेछापबाट एक पदाधिकारीसहित ७ जना विद्यार्थी नेताहरू केन्द्रीय कमिटीमा निर्वाचित भएका हुन् । केन्द्रीय कमिटी सचिव पदमा रामेछापबाट डा. सुजन कडरिया निर्वाचित हुनुभएको छ । स्थायी कमिटी सदस्यमा सागरहरि अधिकारी र विकास श्रेष्ठ निर्वाचित हुँदा केन्द्रीय सदस्यमा टक घतानी, सुस्मिता कार्की र तिलक घतानी निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्यमै उम्मेदवारी दिएकी आङ लमु शेर्पा निर्विरोध निर्वाचित हुनुभएको छ । अखिलको २३ औँ महाधिवेशनबाट अध्यक्षमा समिक बडाल र महासचिवमा नरेश रोकाय विजयी हुनुभएको छ ।