मन्थली, २६ माघ । रामेछापको मन्थलीमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मन्थली नगरपालिकाको आयोजनामा रहेको उक्त प्रतियोगिता मन्थली स्थित नागकन्या माध्यमिक विद्यालयको खेल मैदानमा आजबाट सुरु भएको हो ।
मन्थली नगरपालिका स्तरीय उक्त प्रतियोगिताको नगरप्रमुख लव श्रेष्ठले उद्घाटन गर्नुभयो । उद्घाटनसत्रको मार्चपास विद्यामा प्रथम हुदै मन्थली माध्यमिक विद्यालयले नगद सहित पुरस्कार हात पारेका छन् । मन्थली नगरपालिकाभित्रका २२ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुविच विभिन्न खेलहरुमा प्रतिस्पर्धा हुने आयोजकले बताएका छन् ।
२८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एथ्लेटक्स, भलिबल, कवड्डी, तेक्वान्दो, उसु र कराते लगाएतका खेलहरु खेलाइने छन् ।