धोवी, रामेछाप । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले खेलकुदलाई हरेक विद्यालयहरुले अनिवार्य विषय बनाउनु पर्नेमा जोड दिनुभएको छ । रामेछापको लिखुतामाकोशी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बुधबार उद्घाटन गर्दै उहाँले खेलकुद अतिरिक्त विषय मात्र नभएको बताउनु भएको हो ।
आफ्नो शारिरीक स्फुर्ती संगै स्वस्थ रहन र देशको शान, आफ्नो इमान राख्ने उपयुक्त माध्यम खेलकुदमा मात्र रहेको सदस्यसचिव घिसिङको भनाई छ । उहाँले हाल देशैभरी सात सय त्रिपन्न वटै स्थानीय तहहरुमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भईरहेको बताउनु भयो । स्थानीय स्तरको रनिङ शिल्ड प्रतियोगिता सम्पन्न पश्चात ७७ जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने र त्यसपछि ७ प्रदेश हुदै १३ औं सस्करणको राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने बताउनु भयो ।
राखेप सदस्यसचिव घिसिङले स्थानीय स्तरबाटै खेलाडी छनौंट हुदै चरणबद्धरुपमा राष्ट्रियस्तरको सञ्चालन हुने भएकाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सामान्यरुपमा नलिन सवै खेलाडीहरुलाई अनुरोधसमेत गर्नुभयो । बाँकी भिडियोबाट…….